साधारण शेयर निष्काशन गर्दै कालिन्चोक दर्शन लिमिटेड

काठमाडौँ – कालिन्चोक दर्शन लिमिटेड पशुपतिभिजन, पिंगलास्थान, गौशाला, काठमाडौँले १२ लाख कित्ताम साधारण शेयर निष्काशन गर्ने भएको छ।

आयोजना प्रभावित क्षेत्रसहित १२ लाख साधारण शेयर निष्काशन गर्नको कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल काठमाडौँलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ।

उक्त कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

उक्त सम्झौतापश्चात उक्त साधारण शेयर निष्काशन गरिने भएको छ।

माघ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्