साधारण शेयर लिलाम बढाबढबाट बिक्री गर्दैै एनआईबीएल

काठमाडौँ – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआईबीएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको पहिलो सामूहिक लगानी योजना–एनआईबीएल समृद्धि फण्ड – १ पौस २ गते परिपक्व भएको थियो।

उक्त योजना खारेजीमा लैजाने क्रममा एनआईबीएल समृद्धि फण्ड –१ को स्वामित्वमा रहेको साधारण शेयरहरु/ऋणपत्रहरु बोल कबोलको माध्यमबाट बिक्री गर्ने भएको छ।

संस्थाले जारी गरेको सूचनाअनुसार उक्त साधारण शेयरहरु न्यूनतम मूल्य रु १०० को दरले तथा ऋणपत्रहरु न्यूनतम मूल्य रु एक हजारको दरले बोल कबोलको माध्यमबाट आवेदन दिन सकिने जनाइएको छ।

साथै शेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघसंस्थाहरुले माघ १३ देखि २० गतेसम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौँमा आफूले लिन चाहेको शेयरहरु/ऋणपत्रहरु दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत् आवेदन पेश गर्न सकिने जनाइएको छ।

माघ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्