ल्याटिन एबीएसको ब्रान्ड एम्बेसडरमा युट्युब भ्लगर राजकुमार थापामगर नियुक्त

काठमाडौँ – ल्याटिन एबीएसको ब्रान्ड एम्बेसडरमा चर्चित युट्युब भ्लगर राजकुमार थापामगर नियुक्त भएका छन्।

राजधानीमा आयोजित कार्यक्रममा ल्याटिन एबीएसका संस्थापक तथा प्रवन्धक विकल्प चौलागाईं र राजकुमार थापामगरबीच सम्झौतापत्रमा हस्ताक्षर भएको ल्याटिन एबीएसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अब थापामगरले विभिन्न सञ्चारमाध्यमबाट ल्याटिन एबीएसको प्रचारप्रसार गर्ने छन्। पब्लिक फिगर बनेपछि कुनै पनि उत्पादन वा कम्पनीको विश्वसनीयता र उद्देश्य थाहा पाउन जरुरी रहेको थापामगरले बताए।

ल्याटिनसँगको आफ्नो आबद्धताको बारेमा उनले भने, ‘म कम्पनीको राम्रो नियम र विश्वसनीयताका कारण ब्रान्ड एम्बेसरको रुपमा आवद्ध भएको छु। बढ्दो महङ्गीको वर्तमान परिपेक्ष्यमा कम्पनीले सुपथ र सस्तो मूल्यमा आफ्नो ग्राहकलाई सेवा दिँदै आएको छ। म यस कम्पनीको उद्देश्यबाट प्रभावित छु। सबैका आवश्यकताहरु सजिलै र सरल रुपमा कसरी पुरा गर्ने भन्नेबारे ल्याटिन एबीएस कम्पनीले पूरा गरेकोमा म विश्वास व्यक्त गर्दछु।’

माघ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्