मेस्सीसहितको पिएसजीले जोगाउन सकेन उपाधि रक्षाको यात्रा

साबिक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपको अन्तिम १६ बाटै बाहिरिएको छ । लियोनल मेस्सीसहितको पिएसजी नाइससँग टाइब्रेकरमा ६–५ ले पराजित भएको हो ।

निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । बलियो टिम भएर पनि पिएसजी पराजित हुनु गम्भीर धक्काका रुपमा लिइएको छ ।

क्वाटरफाइनलमा नाइसले मार्सेइलीसँग प्रतिस्पर्धा गर्ने छ।

माघ १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्