संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना, स्वास्थ्य सुधारोन्मुख

काठमाडौं- स्वास्थ्यमा अचानक समस्या देखिएपछि १०२ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशी मंगलबार अस्पताल भर्ना भएका छन् । उनलाई ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना गरिएको छ।

उनलाई सोमबार रातिदेखि श्वासप्रश्वासमा समस्या देखिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनलाई मंगलबार दिउँसो किस्ट अस्पताल पुर्‍याइएको हो।

जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका सिइओ अमिश पाठकले जानकारी दिए। ‘हिजो उहाँको अक्सिजन लेबल  ७७ थियो, अहिले ९६ पुगेको छ,’ उनले भने।

कोरोना भए/नभएको जाँचका लागि स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न पठाइएको अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनलाई क्याबिनमा चिकित्सकको निगरानीमा राखिएको जानकारी पनि पाठकले दिए।

माघ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्