राप्रपा छाडेका थापाले नयाँ दल दर्ता गर्ने

फाइल फोटो।

काठमाडौँ – अध्यक्षमा पराजित भएपछि राप्रपा छाडेका पूर्वअध्यक्ष कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन्।

थापाले ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाम राखेर केही दिनमै निर्वाचन आयोगमा दर्ताका लागि आवेदन दिने तयारी गरेका हुन्।

थापाले गठन गर्ने नयाँ दलले हिन्दू राष्ट्रको एजेण्डालाई उठाउने भएको छ।

राप्रपाको महाधिवेशनमा आफूलाई पराजित गर्न पूर्वराजा ज्ञानेन्द्रले भूमिका खेलेको आरोप लगाउँदै उनले राजा संस्था स्थापना गर्ने दल गठन नगर्ने भएका हुन्।

स्थानीय तहको चुनावलाई समेत मध्यनजर गरेर थापाले नयाँ दल दर्ता गर्न लागेका हुन्।

केही दिनअघि आफू निकट नेताहरुको भेलामा उनले कसैलाई पनि नयाँ दलमा आउन दबाब नदिने घोषणा गरेका थिए।

माघ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्