लोसपा पर्सामा विवाद : पार्टीबाट निकालिए नेता

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पर्सा जिल्ला कार्यसमितिले केही नेतालाई पार्टीबाट निष्काशन गरेको छ।

लोसपा पर्साका अध्यक्ष पुरुषोत्तम लाल झाले आज एक विज्ञप्ति जारी गर्दै पार्टी निर्माण भएदेखि नै राजेशमान सिंह, प्रेमबाबु पटेल लगायतका केही व्यक्तिहरु निष्क्रिय रहेको र निरन्तर पार्टी विरोधि गतिविधि गर्दै आएकाले निष्काशन गरेको जनाएका छन्।

माघ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्