सर्वोच्च अदालतबाट बाहिरिए निलम्बित प्रधानन्यायाधीश राणा

फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ गठबन्धनका प्रमुख तीन घटक नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका १०१ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा आइतबार दिउँसो सर्वोच्च अदालतबाट बाहिरिएका छन्।

उनी दिउँसो १ बजेपछि झण्डाबिनाको गाडी लिएर अदालत परिसरबाट बाहिरिएको सुरक्षाकर्मीले जानकारी दिएका छन्।

यसअघि संसद सचिवालयले उनीमाथि लागेको महाअभियोगको कारबाही टुंगो नलागेसम्म उनीले आफ्ना कार्यसम्पादन गर्न नपाउने जानकारी गराएको थियो।

फाल्गुन १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्