कामु प्रधान न्यायाधीश कार्कीले बोलाए सर्वोच्चमा ‘फुलकोर्ट’ बैठक

काठमाडौँ- महाअभियोग लागेर प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बित भएपछि कायम मुकायम प्रधान न्यायाधीश बनेका दीपककुमार कार्कीले सोमबार सर्वोच्च अदालतको फुलकोर्ट  बैठक बोलाएका छन्।

राणालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल गर्न कार्कीले फुलकोर्ट बैठक बोलाएका हुन्।

पछिल्लो समय प्रधान न्यायाधीश राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन आन्दोलनरत बनेपछि दुई धारमा बाँडिएका न्यायाधीशहरु फुलकोर्ट बैठकमा सहभागी हुने भएका हुन्।

फाल्गुन १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्