रोनाल्डो र ब्रूनोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २–० ले पराजित गरेको हो। युनाइटेडका लागि ५१ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोल गरे ।

५४ औँ मिनेटमा डङ्कले सिधै रातो कार्ड पाएपछि ब्राइटन १० खेलाडीमा सीमित भयो।

इन्जुरी समयको सातौँ मिनेट अर्थात ९७ औँ मिनेटमा युनाइटेडका लागि ब्रूनो फेर्नान्डेजले गोल गरेर टिमलाई २–० को जित दिलाएका हुन्। जितपछि २५ खेलबाट ४३ अंकसहित युनाइटेड चौथो स्थानमा पुगेको छ।

फाल्गुन ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्