कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले सहभागी भएन

फाइल तस्बिर
काठमाडौँ – कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको कार्यसूचि तय गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बैठक बसेको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएको छैन ।
बुधबारको बैठकमा एमसिसी पेश हुने सम्भावना रहेको छ। तर सार्वजनिक भएको सम्भावित कार्यसूचीमा भने एमसिसी छैन। कार्यव्यवस्था परामर्श समितिको बैठकपछि थप यकिन हुनेछ।
एमसिसीलाई लिएर धेरैको चासो र चिन्ता रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टी नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार नै एमसिसी पेश गर्नुपर्ने निर्णय गरेको थियो।