सत्ता गठबन्धनको बैठकमा उपेन्द्र यादव नजाने

फाइल तस्बिर।

काठमाडौँ – सत्तारुढ गठबन्धनको बिहीबार बेलुकी ५ बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव नजाने भएका छन्।

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभामा टेबुल र अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बोलाइएको बैठकमा यादव नजाने भएका हुन्।

‘अध्यक्ष उपेन्द्र यादवज्यू गठबन्धनको आज बस्ने बैठकमा जानुहुन्न। उहाँ अहिले सिरहामा हुनुहुन्छ। विभिन्न पार्टी त्यागी जसपामा प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ’, जसपा नेपालका प्रमुख सचेतक प्रमोद साहले भने।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाबीच एमसीसीका विषयमा मतभेद बढेपछि सहमति जुटाउन बिहीबार बैठक बोलाइएको हो।

सत्तारुढ पाँच दलमध्ये कांग्रेसमात्र एमसीसी अहिलेकै अवस्थमा अनुमोदन गर्नुपर्ने पक्षमा उभिएको छ। बाँकी चार दल एमसीसी संशोधन गरेरमात्र अनुमोदन गर्नुपर्ने अडानमा छन्। -न्युज कारखाना

फाल्गुन ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्