बाघको आक्रमणबाट एकको मृत्यु

सांकेतिक तस्बिर
नेपालगञ्ज – बाँकेमा बाघकाे आक्रमणबाट एक पुरुषकाे मृत्यु भएको छ।
बाघको आक्रमणबाट राप्तीसोनारी गाउँपालिका- ६ गुलरीका ६० वर्षीय धनबहादुर चलाउनेको मृत्यु भएको हो।
वडाध्यक्ष जनकबहादुर थारुका अनुसार ढलहियाको जंगलमा चलाउनेलाई बाघले आक्रमण गरेको थियाे। बाघको आक्रमणमा परेका चलाउनेको शव फेला परेको थियाे।
राप्तीसोनारी गाउँपालिका- ६ मा यसअघि पनि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। त्यसपछि प्राविधिक टोलीले एक हप्तासम्म बाघलाई नियन्त्रणमा लिने प्रयास गरे पनि सफलता हात लागेकाे थिएन।