ग्लोबल आईएमई बैंकको ५०औँ एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेडले गोरखाको सिरानचोक गाउँपालिका– ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा चित्रेपोखरी एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

बैंकको ५०औँ एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समितिको सदस्य रामजी रेग्मीले गरेका थिए।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २८ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

फाल्गुन ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्