फोटो फिचर
काठमाडौँ– नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले मसाल जुलुस निकालेको छ।
अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा माओवादी केन्द्र निकट विद्यार्थीहरुले काठमाडौँको नयाँ बानेश्वरमा बुधबार साँझ मसाल जुलुस निकालेका हुन्।
उनीहरुले एमसीसी राष्ट्रहित विपरीत रहेको भन्दै खारेज गर्न माग गरेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी टेबल गरेको थियो। एमसीसीमाथि भोलिको प्रतिनिधिसभा बैठकमा छलफल गर्ने कार्यसूची छ।
सरकारमै रहेका माओवादी र नेकपा एकीकृत समाजवादी एमसीसीको विरुद्धमा छन् भने कांग्रेस जसरी पनि पास गर्ने पक्षमा छ। त्यसैका लागि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँगको छलफललाई तीब्रता दिएका छन्।