‘पतञ्जली योग सूत्र’ पुस्तक सार्वजनिक

काठमाडौँ – द आर्ट अफ लिभिङले ‘पतञ्जली योग सूत्र’ पुस्तक सार्वजनिक गरेको छ।

पूर्वीय दर्शन र संस्कृतिमा आधारित विभिन्न ज्ञान सम्प्रेषण गर्न समय–समयमा गुरु रविशंकरबाट व्याख्या गरिएको ‘पतञ्जली योग सूत्र’ को नेपाली भाषामा अनुवादित पुस्तक एक कार्यक्रमबीच विमोचन गरिएको हो।

‘पतञ्जली योग सूत्र’ महर्षि पतञ्जलीले मानव चेतनाको उच्चतम अवस्था हासिल गर्ने तरिकाको रूपमा उल्लेख गरेका संक्षिप्त सूत्रहरूको संकलन हो। यिनै सूत्रहरूको बारेमा गुरु रवि शंकरले ज्ञानवद्र्धक व्याख्या गरेका थिए।

पुस्तकमा योगको अनुशासन, समाधि, ईश्वर, क्रियायोग, दुःखका कारण र यसबाट मुक्तिका उपाय, अष्टाङ्ग–योग आदि विषयमा सरल व्याख्या गरिएको छ। उक्त व्याख्यामा आधारित अंग्रेजी पुस्तक आर्ट अफ लिभिङका प्रशिक्षक सूर्य पराजुलीले नेपाली भाषामा अनुवाद गरेका हुन्।

द आर्ट अफ लिभिङ नेपालले प्रकाशन गरेको उक्त पुस्तकलाई नेपालभाषा प्रज्ञा प्रतिष्ठानका कुलपति तथा साहित्यकार शताब्दी पुरूष सत्यमोहन जोशी, श्री श्री स्कूल अफ योगका निर्देशक दिनेश काशीकर र आर्ट अफ लिभिङका प्रशिक्षक माधव नेपालले गरेका संयुक्त विमोचन गरेका छन्।

फाल्गुन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्