एमसिसीबारे छलफल हुने भनिएको संसद बैठक स्थगित

फाइल तस्बिर

काठमाडौँ – संसद बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । सूचना टाँस गरेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक बस्दैनबसी स्थगित भएको नेकपा एमालेका नेता भीम रावलले जानकारी दिएका हुन् । बैठकमा एमसिसीमाथि छलफल हुने कार्यसूची थियो ।

कार्यव्यवस्था परामर्श समितिले बोल्न चाहने सांसदलाई एमसिसीबारे धारणा राख्न पाँच मिनेट दिने निर्णय गरेको थियो । तर बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।

फाल्गुन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्