आन्दोलनमा टायरको धुँवा: विरोधको आत्मघाती शैली

काठमाडौँ– राजधानी काठमाडौँलगायत देशका विभिन्न सहरमा हरेक दिनजसो एमसीसीको विरोधमा प्रदर्शन भैरहेका छन्। यस्ता आन्दोलनका क्रममा आन्दोलनकारीले पुतला जलाउने तथा टायर बाल्ने गरेका छन्।

आन्दोलनमा यसरी बालिने टायर हानिकारक हुने विज्ञहरु बताउँछन्। यसबाट निस्कने धुँवाले वातावरणमा मात्र नभएर आन्दोलनकारीकै स्वास्थ्यमा नराम्रो असर गर्छ।

गएका दुई वर्षमा भएका ठूला प्रदर्शनमा टायर बालिएकाे थिएन। नागरिक आन्दोलन होस् वा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध गरिएको विभिन्न आन्दोलनमा पुतला जलाइयाे तर टायर बालिएन।

तर सडकमा फेरि टायर बलेकाे देखिन थालेको छ। जसले वातावरणमा नराम्रो असर गर्ने विज्ञहरु बताउँछन्।

भिडियाे:

फाल्गुन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्