युक्रेन संकट

रुसले प्रयोग गर्‍यो भिटो, युक्रेनमाथिको आक्रमण निन्दा गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघमा विफल

भिटो प्रयोग गर्दै संयुक्त राष्ट्रसंघमा रुसी दूत । तस्बिर : इपिए

युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल भएको छ।

रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११ देशले मतदान गरेका थिए । प्रस्ताव पारित हुनका लागि ९ देशको मत परे हुने थियो ।

तर रुसले भिटो प्रयोग गरेर प्रस्ताव विफल पारेको हो । रुससहित अमेरिका, बेलायत, फ्रान्स र चीन सुरक्षा परिषदका स्थायी सदस्य हुन् र उनीहरुमाथि भिटो शक्ति छ । रुसले आफ्नो निन्दा गरिएको प्रस्ताव विफल पार्नका लागि भिटो प्रयोग गरेको हो ।

तस्बिर : गेट्टी इमेज

प्रस्तावमाथि मतदान हुँदा भारत, चीन र युएई अनुपस्थित रहे । उनीहरु युक्रेनमाथि भइरहेको रुसी आक्रमणमा रुसको पक्षमा देखिएका छन् ।

संकल्प प्रस्तावमाथिको छलफलको क्रममा सुरक्षा परिषद युक्रेनमाथि हाल रुसले गरिरहेको जस्तो आक्रमण रोक्नका लागि बनाइएको संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतले बताएका भनाइ थियो ।

फाल्गुन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्