सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण बदली हुने भएको हो।

अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहेको मौसमविद्ले बताएका छन्।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थान तथा बागमती र प्रदेश १ का पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी तथा बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ। अरु क्षेत्रमा आंशिक बदली रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

फाल्गुन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्