उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. जितेन्द्र कंडेललाई

काठमाडौँ – यसवर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. जितेन्द्र कंडेलले पाएका छन्।

२४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवस स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले एक लाख रासीको यो पुरस्कारबाट उनलाई सम्मान गरेका हुन्।

डा. कंडेल बेनी अस्पतालका मेडिकल अधिकृत हुन्।

यस्तै ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कारबाट चार स्वास्थ्यकर्मी पुरस्कृत भएका छन्।

पुरस्कृत हुनेमा बाजुरा अस्पतालकी अनमी धनकला थापा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका ल्याव टेक्निसियन निरीक्षक ओम आचार्य,  प्रादेशिक अस्पताल गौरका रामप्रवेश साह, ल्याव टेक्निसियन र चतरा प्राथमिक स्वास्थ्य केन्द्रका सीअहेव योगेन्द्र कट्टेल रहेका छन्।

यस्तै दिवसकै अवसरमा १० जनालाई स्वास्थ्य सेवा सम्मान दिइएको छ।

जसमा स्वास्थ्य सेवा विभागका स्वास्थ्य कार्यलय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अफिसर डा. शरदचन्द्र बराल, गुल्मीकी महिला स्वास्थ्य स्वयंसेविका लीला थापा, जिल्ला आयुर्वेद अस्पताल रौतहतका कविराज रुद्रनारायण महतो, वरिष्ठ फर्मोसिष्ट बडेबाबु थापा, औषधि व्यवस्था विभाग विराटनगर शाखाका फार्मेसी अधिकृत सन्जीव कट्टेल, बाग्लुङको दर्लिङ स्वास्थ्य चौकीकी अनमी प्रेमकुमारी केसी, भेरी अस्पतालकी नर्सिङ निरिक्षक सन्जु रिजाल रहेका छन्।

त्यस्तै काभ्रेको महाभारत गाउँपालिकाका गोकुले स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ठ लालबहादुर रोका र मुस्ताङको खादाङ गाउँपालिकाका हलुका सवारी चालक गगन विकले पनि स्वास्थ्य सेवा सम्मान पाएका छन्।

फाल्गुन १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्