अबको २४ घण्टा निकै कठिनसँगै देशको भविष्यका लागि निर्णायक : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की । तस्बिर : गेट्टी इमेज

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अबको २४ घण्टा आफ्नो देशका लागि निकै कठिन र महत्वपूर्ण हुने बताएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको टेलिफोन संवादको क्रममा राष्ट्रपति जेलेन्स्कीले युद्ध जारी रहँदा अबको समय निर्णायक हुने उल्लेख गरेका हुन् ।

युक्रेनका अधिकांश क्षेत्रमा अहिले युद्ध जारी छ । गएको बिहीबारदेखि रुसले युक्रेनमाथि आक्रमण गरिरहेको हो । युक्रेनी सेनाले रुसी आक्रमणकारीलाई लगातार टक्कर दिइरहेका छन् ।

टेलिफोन संवादको क्रममा बेलायती प्रधानमन्त्री जोन्सनले रुसी आक्रमणको समयमा जेलेन्स्कीले गरिरहेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनको रक्षाका लागि बेलायत तथा सहयोगीहरुले सम्भव भएसम्मका सबै सहयोग गर्ने वाचा जोन्सनले जेलेन्स्कीलाई दिएका छन् ।

फाल्गुन १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्