रुससँगको वार्ताका लागि युक्रेनी टोली बेलारुसमा

रुसले आक्रमण गरेको इन्धन डिपो रहेको भासिल्किभ शहर, यो शहर किएभबाट ४० किलोमिटरको दूरीमा छ । तस्बिर : युक्रेन नाव

युद्ध जारी रहँदा युक्रेन र रुसबीच वार्ताको तयारी पनि भइरहेको छ । बेलारुससँगको सीमा क्षेत्रमा रुसी टोलीसँग वार्ताका लागि युक्रेन तयार भएको हो ।

युक्रेनको वार्ता टोली बेलारुस पुगिसकेको स्रोतलाई उद्धृत गर्दै रुसी सरकारी सञ्चारसंस्था स्पुतनिकले जनाएको छ ।

वार्ताका लागि बेलारुस पुगेको युक्रेनी टोलीमा पाँच सदस्य रहेको उल्लेख छ । वार्ता क्षेत्रमा युक्रेनी टोली पुग्ने क्रममा रहेको दाबी छ ।

दुई टोलीबीचको वार्ता स्थानीय समय अनुसार सोमबार बिहान सुरु हुने स्रोतलाई उद्धृत गर्दै स्पुतनिकले जनाएको छ ।

फाल्गुन १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्