संसद भवन अगाडि ‘नो एमसिसी’ लेखिएको शंकास्पद बस्तु फेला

काठमाडौँ – संसद भवन अगाडि प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको छ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुल सडकमा शंकास्पद वस्तु भेटिएको काठमाडौँ प्रहरीले जनाएको छ ।

अहिले सो क्षेत्रको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सडकमा आवतजावत रोकेर शंकास्पद बस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ । शंकास्पद बस्तुमा ‘नो एमसिसी’ लेखिएको छ ।

एमसिसी ससंदबाट आइतबार अनुमोदन भएको थियो।

फाल्गुन १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्