अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले अवैध सुनसहित एकजनालाई नियन्त्रणमा लिएकाे छ।

प्रहरीले ७ लाख ९८ हजार ९६३ रुपैयाँ बराबरको अन्दाजी ९४.९ ग्राम सुनकाे  २ थान ब्रासलेट टुक्रासहित सप्‍तरीकाे मौवावेल्ही ४ स्थायी घर  भएका सौकात अलीलाई आइतबार नियन्त्रणमा लिइएकाे हाे।

विशेष सूचनाका आधारमा कतारको दोहाबाट काठमाण्डौँ आगमन भएकाे कतार एयरवेजमार्फत नेपाल आएका अलीलाई अवैध सुनसहित नियन्त्रणमा लिएकाे विमानस्थल प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ एरियामा सोधपुछ एवं खानतलासी गर्दा अलीले अवैध रुपमा लुकाई छिपाई सुन लिएर आएकाे भेटिएकाे उनले बताए।

अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन आवश्यक अनुसन्धान एवं कारबाहीको लागि साेमबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।

फाल्गुन १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्