एमसिसीबिरुद्ध विरोध चर्किएपछि सुर्खेतमा कर्फ्यू

सुर्खेत- अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित भएको विरोधमा आठ दलले गरेको प्रदर्शन नियन्त्रणबाहिर गएपछि सुर्खेतमा मंगलबार साँझसम्मका लागि कर्फ्यू लगाइएको छ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले एक विज्ञप्ति जारी गर्दै उत्तेजित अराजक भिडले तोडफोड र आगजनीका साथै धनजनको क्षति गर्ने प्रयास गरेकाले र प्रहरीहरुमाथि समेत ढुंगामुढा र बोतल प्रहार गरेकाले थप क्षति हुन नदिन कर्फ्यू आदेश जारी गरेको बताएका छन्।

सोमबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयाअनुसर बेलुकी ८:१५ देखि मंगलबार बेलुकी ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो।

फाल्गुन १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्