‘७५ प्रतिशत रुसी सैनिक युक्रेनमा तैनाथ’

रुसका ७५ प्रतिशत सैनिक युक्रेनमा तैनाथ भएको दाबी गरिएको छ । बेलायतको एक सैनिक एकेडेमीका अनुसार युक्रेनमा तैनाथ रुसी सैनिकको संख्या ४० प्रतिशतबाट करिब ७५ प्रतिशत पुगेको हो ।

बेलायतको रायल युनाइटेड सर्भिस इन्स्टिच्युडका अनुसन्धान फेलो डा. ज्याक वाट्लिङले रुसले आफ्ना तीन चौथाइ सैनिक युक्रेन युद्धमा तैनाथ गरेको हो ।

गएको बिहीबारदेखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ । विश्वव्यापी रुपमा विरोध भए पनि रुसले आक्रमण रोकेको छैन । बरु बख्तरबन्द गाडीसहित सेनाको ठूलो टोली युक्रेनको राजनधानी किएभ तर्फ गइरहेको छ । लगातार रुसले युक्रेनका शहरहरुमा हवाई तथा स्थल आक्रमण गरिरहेको छ ।

यसैबीच मंगलबार बिहानै युक्रेनको प्रमुख शहरमध्ये एक खार्किभमा रुसले मिसाइल आक्रमण गरेको छ । सो आक्रमणले खार्किभको फ्रिडम स्क्वायरमा ठूलो भौतिक क्षति भएको छ । रुसी मिसाइलका कारण शहरको सरकारी भवनमा क्षति पुगेको छ ।

फाल्गुन १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्