फाइल तस्बिर

नेपालगञ्ज – मान्छेलाई पटक–पटक आक्रमण गरेको बाघलाई नियन्त्रणमा लिइएको छ।

वन डिभिजन कार्यालय बाँकेका प्रमुख दधीराम कँडेलका अनुसार राप्तीसोनारी गाउँपालिका- ६ राप्ती पीडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हाे।

राप्ती पीडित सामुदायिक वनमा पछिल्लो पटक बाघले धनबहादुर चलाउनेलाई आक्रमण गरेकाे थियाे। त्यसपछि वनको टोलीले बाघ नियन्त्रणमा लिने प्रयास गर्दै आएको थियो।

नियन्त्रणमा लिइएको बाघलाई खोरमा लैजाने तयारी भइरहेको वन अधिकृत कँडेलले बताए। पछिल्लो केही महिनादेखि राप्तीसोनारी गाउँपालिका वडा नं ४ र ६ मा बाघले पटक–पटक आक्रमण गरेको थियो।

फाल्गुन १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्