बूढीगंगा राजमार्गमा शंकास्पद वस्तु फेला

मोरङ – मोरङको कोसी राजमार्ग सडकखण्डस्थित बूढीगंगा गाउँपालिकामा शंकास्पद वस्तु फेला परेको छ।

बिहीबार अपराह्न गाउँपालिका–३ गोकुवा सडकखण्डमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए।

प्रहरी प्रमुख जिसीका अनुसार प्रिमियर वायर्स उद्योगअगाडि सडक किनारमा शंकास्पद कुकर फेला परेको हो। बम भएको आशंकामा सेनाको टोली बोलाइएको उनले बताए। उक्त सडकखण्डमा यातायात सेवा रोकिएको छ।

फाल्गुन १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्