युक्रेन र रुसबीच दोस्रो चरण वार्ता आज, खेरसन रुसी नियन्त्रणमा

तस्बिर: गेट्टी इमेज

काठमाडौँ– युक्रेन र रुसका प्रतिनिधिहरुबीच दोस्रो चरणको वार्ता बेलारुसमा नेपाली समयअनुसार बिहीबार साँझ हुँदै छ।

युक्रेनी वार्ताकार डेभिड अराखामियाले फेसबुकमा एक अपडेट गर्दै किभको न्यूनतम लक्ष्य मानवीय कोरिडोर स्थापना गर्नु भएको बताएका छन्।

यसअघि युक्रेन र रुसबीच पहिलो चरणको वार्ता बेलारुसमा तीन दिनपहिले भएको थियो।

मस्कोले दक्षिणका धेरै सहरमा घेराबन्दी जारी राखे पनि हालसम्म युक्रेनबाट भाग्ने मानिसको संख्या १० लाख पुगेको छ।

युक्रेनको दक्षिणी सहर खेरसन अहिले रुसी नियन्त्रणमा छ। सहरमा नयाँ नियम लागू भएको स्थानीयले बीबीसीलाई बताएका छन्।

नाम नखुलाउने सर्तमा एक नागरिकले भनेकी छन्, ‘अहिले सहरमा सन्नाटा छ। हिजो पनि यहाँ सन्नाटा छायो तर त्योभन्दा पहिले लडाइँ भयो र विष्फोट भएको थियो।’

उनले थपिन्, ‘बाहिर धेरै खतरा भएकाले हिजो कोही पनि घरबाट बाहिर निस्किएनन् तर आज खानाका सामान किन्न मानिस बाहिर निस्किरहेका छन्।’

उनी अहिले पनि बाहिरी क्षेत्रमा लडाइँको आवाज सुनिन सक्ने बताउँछिन्। अहिले कडा नियम पालना गर्नुपरेको उनको भनाइ छ।

यद्यपि, स्थानीय जनताले अहिले बिजुली, पानी र इन्टरनेटको पहुँच पाएको उनले बताइन्। उनी भन्छिन्, ‘मलाई आशा छ कि युद्धले अब धेरै समय लिने छैन र सबै ठीक हुनेछ।’

सबै आमजनता युद्धको विरुद्धमा भए पनि आफूहरूले केही गर्न नसकेको उनको भनाइ छ।

फाल्गुन १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्