इक्वालिटी कप महिला टी–२० क्रिकेट प्रतियोगिता हुने

मोरङ – महिला क्रिकेट विकास र समानताका लागि इक्वालिटी कप महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।

विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल क्रिकेट फाउन्डेसनले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला क्रिकेट विकास गर्ने उद्देश्यसहित प्रतियोगितामा प्रदेश र मधेस प्रदेशका ४ टोलीको सहभागिता हुने जनाएको छ।

फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठका अनुसार शनिबारबाट सुरु हुने प्रतियोगितामा प्रदेश १ बाट मोरङ, झापा, सुनसरी र मधेस प्रदेशबाट सप्तरीको महिला टोलीबीच स्पर्धा हुनेछ। उपाधि भिडन्त मंगलबार हुने प्रतियोगिता राउन्ड रोबिनका आधारमा खेलाइने बताएका श्रेष्ठले लिग चरणका क्रममा शीर्षस्थानमा रहने दुई टोलीबीच फाइनल हुनेछ।

प्रतियोगिताले लैंगिक विभेद अन्त्यका लागि सहयोग पुग्ने विश्वास लिएको जनाउँदै फाउन्डेसनले प्रतियोगितामा राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री, काजल श्रेष्ठ, अप्सरी बेगम, सवनम राई, संगीता राईलगायतको सहभागिता रहने उल्लेख गरेको छ। क्षेत्री प्रदेश १ महिला क्रिकेट टोलीकी समेत कप्तान हुन्।

सैगरी, सहभागी पाँचै जना काँकडभिट्टाबाट खेल्ने गर्छन्। ५ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा उत्कृष्ट खेलाडी, वुमन अफ दि म्याच पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ। प्रतियोगिताका सबै खेल विराटनगर– १९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा हुनेछ।

फाल्गुन २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्