फागुन २७ देखि भृकुटीमण्डपमा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

काठमाडौँ – नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको सातौ संस्करण यही फागुन २७ देखि २९ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा हुने भएको छ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ब्राण्डहरुका १५० भन्दा बढी स्टल रहने छन्।

निर्माण कम्पनी, डिलर, सब–डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउन विगत ६ वर्षदेखि प्रदर्शनीको आयोजना गरिदै आएको छ।

प्रदर्शनीमा निर्माण सामग्री, निर्माणसम्बन्धी मेशिनरी उपकरण, हेभी इक्विपमेन्ट, प्रिफ्याब, यूपीभीसी, झ्याल तथा ढोका, आर्किटेक्चरल हार्डवेयर, बाथरुम फिटिङ्स, पाइप, टायल र स्यानिटरी, आल्मुनियम, छानासम्बन्धी उत्पादन र प्रविधि रहने मिडिया स्पेस सोलुसन्स का प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए।

उनका अनुसार प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इञ्जिनियरहरु, कन्ट्रयाक्टर, विल्डर्स, इन्टेरियर डिजाइनरहरु, घर बनाउन चाहने व्यक्ति तथा आम नागरिकको सहभागिता रहने विश्वास गरिएको छ।

प्रदर्शनीको उद्देश्य नेपालको निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने र विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सहज उपलब्ध गराउन एउटा माध्यम हुने रहेको भट्टराई बताउँछन्। नेपालमा उत्पादन हुने सामग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउन प्रदर्शनी सहयोगी हुने उनले विश्वास व्यक्त गरे।

प्रदर्शनी अवधिमा पर्यटन, होटल तथा यातायात सेवामार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउनसमेत सहयोग पुग्ने भट्टराईको भनाइ छ।

फाल्गुन २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्