कुपण्डोलस्थित खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीमा मिर्गौलामा पत्थरी भएका २७ जनाको निःशुल्क शल्यक्रिया

काठमाडौँ – कुपण्डोलस्थित खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले मिर्गौलामा पत्थरी भएका २७ जनाको निःशुल्क शल्यक्रिया गरेको छ।

आरुस लाइफस्टाइल हस्पिटलसंगको सहकार्यमा इस्टिच्युटले गएको बुधबार देखि शुक्रबारसम्म फ्रि मीनी पीसीएनएल क्याम्प सञ्चालन गरेको इन्स्टिच्युटका प्रवन्ध निर्देशक डा. संजय खड्गीले बताए।

उनले भने,‘गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी बुधबारबाट शुक्रबारसम्म यो सिविर संचालन गरेका थियौँ। २७ जनाकै मीनी पीसीएनएल प्रविधिदुवारा उपचार गरेका छौँ। जसमा चिरफार नगरी सानो प्वाल पारेर शल्यक्रिया  गरेर मिर्गौलाको पत्थरी झिक्ने गरिन्छ।’

शिविरमा उपत्यका भित्रका १५ जना र बाहिरका १२ जनाले सेवा लिएका छन्। जसमध्ये २२ जना पुरुष र ५ जना महिला रहेको डा. खड्गीले बताए।

यस्तै इन्टिच्युटले हरेक दिन चार जना गरीब तथा विपन्नलाई सरकारी अस्पतालको शुल्क दरमै मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्दै आएको छ।

फाल्गुन २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्