रियल मड्रिडले लियो ८ अंकको अग्रता

स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा बलियो देखिएको रियल मड्रिडले ८ अंकको अग्रता कायम गरेको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले रियल सोसिडाडलाई ४–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि कामाविन्गा, लुका मोड्रिक, करिम बेन्जिमा र एसेन्सिओले गोल गरेका हुन् । रियल सोसिडाडलाई ओयार्जाबालले एक गोल फर्काए ।

जितपछि शीर्ष स्थानको रियल मड्रिडको २७ खेलबाट ६३ अंक भएको छ । उ दोस्रो स्थानको सेभिल्ला भन्दा ८ अंकले अघि रहेको छ । सेभिल्लाको २७ खेलबाट ५५ अंक छ ।

शनिबार राति भएका अरु खेलमा भ्यालेन्सियाले ग्रानाडालाई ३–१, स्पानियोलले गेटाफेलाई २–० तथा ओसासुनाले भिल्लारियललाई १–० ले पराजित गरेका छन् ।

फाल्गुन २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्