काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुनेछ।

अहिले पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

सोमबार दिउँसो पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति देशको पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्। गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

फाल्गुन २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्