ट्रकले ठक्कर दिँदा विद्यालयबाट घर फर्किँदै गरेकी बालिकाको मृत्यु

सांकेतिक तस्बिर।

धनगढी– विद्यालयबाट घर फर्किँदै गर्दा ट्रकको ठक्करबाट धनगढीमा एक बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार अपरान्ह धनगढी–अत्तरिया ६ लेन सडकमा बा २ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा धनगढी–१३ की १६ वर्षीया बालिका सरस्वती कुँवरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार साइकलमा सवार ती बालिकालाई विद्यालयबाट घर फर्कने क्रममा जेब्रा क्रसिङ प्वाइन्टमै ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो।

गम्भीर घाइते बालिकाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा को प्रवक्ता जोशीले बताए। घटनापछि टक र गोदावरी नगरपालिका–४ चालक गणेश लामालाई प्रहरीले नियन्त्रणमा लगेको छ।

फाल्गुन २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्