५२ वटा शनिबार रहेकाे २०७९ सालमा ४३ दिन सार्वजनिक बिदा (राजपत्रसहित)

फाइल तस्बिर।

काठमाडौँ – सरकारले २०७९ सालमा शनिबारबाहेक विभिन्न पर्व दिवस भन्दै ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले १ वैशाखदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो। २०७९ सालमा शनिबार मात्रै ५२ दिन रहेकाे छ।

सरकारले वैशाख १ गते नयाँ वर्षकाे बिदा ताेकेकाे छ। त्यस्तै बैशाख पूर्णिमा अर्थात बुद्ध जयन्ती, रक्षा बन्धन, कृष्ण जन्माष्टमी, घटस्थापना, छठ पर्व, धान्य पूर्णिमा, क्रिसमस, तमु ल्हाेसार, माघे संक्रान्ति, साेनाम ल्हाेसार, महाशिवरात्री, ग्याल्पाे ल्हाेसार, बकर इद र इद तथा हाेलीमा पहाड र तराई गरी १६ दिन मुलुकभर पर्व बिदा दिने निर्णय गरेकाे छ।

यसैगरी ५ वटा दिवसमा देशभर सार्वजनिक बिदा ताेकिएकाे छ। जसअनुसार मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस र महिला दिवसकाे दिन देशभर बिदा हुनेछ।

सरकारले दसैँमा फूलपातीदेखि द्वादशीसम्म ६ दिन र तिहारमा लक्ष्मीपूजादेखि भाइटीकाकाे भाेलिपल्टसम्म ५ दिन बिदा घाेषणा गरेकाे छ।

सरकारले पृथ्वीनारायण शाहको जन्म भएकाे दिन पुस २७ मा भने सार्वजनिक बिदा दिएन। उक्त दिन पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने निर्णय भने गरिएकाे छ।

यस्ताे छ सरकारकाे निर्णय

फाल्गुन २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्