लुम्बिनीमा कांग्रेसको चुनावी अभियान सुरु, स्थानीय तहका उम्मेदवारको मापदण्ड र योग्यता तय

बुटवल – नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा स्थानीय तहको चुनावी तयारी थालेको छ। कांग्रेस प्रदेश समिति र जिल्ला समितिहरुले जनतामाझ पुगेर चुनावी अभियान सुरु गरेका हुन्।

प्रदेश समितिले प्रदेशका १२ वटा जिल्लामा प्रतिनिधि खटाएर चुनावी अभियान थालनी गरेको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए। उनका अनुसार कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔु’ भन्ने अभियान गाउँ-टोलसम्म पुर्‍याउने छ।

जसका लागि कांग्रेस प्रदेश समितिले रुकुम पूर्वमा सरिता बुढाथोकी, पञ्चबहादुर बुढा र बच्छु पुनलाई खटाएको छ। यस्तै रोल्पामा अमर भण्डारी र सुवास केसी, प्यूठानमा टेकबहादुर बस्नेत र पुष्पाश्रेष्ठ, दाङमा रवि बिक, सुरेशराज योगी, लक्ष्मी थारु, मोतीलाल भण्डारी, टेकनारायण भुसाल, प्रेम केसीलाई खटाउने निर्णय गरिएको छ।

बाँकेमा साधना रावत, जानका केसी, भेषराज पौडेल, पुष्पा श्रेष्ठ, पुष्पलाल श्रेष्ठ र शान्ति गैरे, बर्दियामा अञ्जना पाण्डे, विन्दुकुमारी चौधरी, दीर्घ केसी, पवन नेपाली, कपिलवस्तुमा लक्ष्मण पन्थी, बालकुमारी भण्डारी, सावित्रा टण्डन, सुमित्रा आचार्य, रामबहादुर कार्की, दीक्षा कोइराला, वासुदेव यादव र इसाक जोलाहालाई खटाउने निर्णय गरेको कांग्रेस प्रदेश समितिले जनाएको छ।

यस्तै रुपन्देहीमा द्रोणबहादुर खत्री, कपिलदेव तिवारी, माधवप्रसाद खरेल, कल्पना घिमिरे, प्रेमलता भट्ट, सुवास केसी, रवीन्द्रनाथ ठाकुर, अलविरा खान, प्रचण्डविक्रम न्यौपाने र रुकबहादुर क्षेत्री भुसाललाई खटाएको सभापति पुनले जानकारी दिए।

यस्तैगरी नवलपरासीमा कुसुम ज्ञवाली, अष्ठभूजा पाठक, प्रकाश राना, लीलाकुमारी पौडेल, पाल्पामा माया ज्ञवाली, चित्रबहादुर केसी, शान्ति शर्मा, सविताकुमारी शाक्य, गुल्मीमा भीमबहादुर आले, राजेन्द्र भट्टराई, विष्णुमाया ढकाल र शान्ता भण्डारीलाई खटाइएको छ।

यस्तै अर्घाखाँचीमा रीना नेपाल बिक, रोमलाल खनाल र विष्णुकुमारी सापकोटालाई खटाउने निर्णय गरेको कांग्रेस लुम्बिनी प्रदेश समितिले जनाएको छ।

स्थानीय तहका उम्मेदवारको मापदण्ड र योग्यता तय

कांग्रेस लुम्बिनी प्रदेशले स्थानीय तहमा उठ्ने उम्मेदवारहरुको मापदण्ड र योग्यता तय गरेको छ। कांग्रेस लुम्बिनी प्रदेश समितिको बुटवलमा बसेको बैठकले आगामी बैशाख ३० गते घोषणा गरिएको स्थानीय तहके निर्वाचनको लागि उम्मेदवार छनोटको मापदण्ड र योग्यता तय गर्ने निर्णय गरेको हो।

कांग्रेस लुम्बिनी प्रदेशले उम्मेदवार बन्न ६ वटा आधार र योग्यता तय गरेको लुम्बिनी प्रदेश सभापति पुनले जानकारी दिए। पार्टीमा गरेको योगदान, कार्य क्षमता र कार्य कुशलता, दक्षतासहितको समावेशितालाई प्राथमिकता, क्रियाशिलता, निरन्तरता, निष्ठा र त्यागका आधारमा मूल्यांकन गरी उम्मेदवार तय गर्ने मापदण्ड तोकेको उनले बताए।

त्यस्तै प्रतिस्पर्धी पार्टीका उम्मेदवार र अवसरहरुमा उचित र न्यायिक हुने गरी स्थानीय तहमा उम्मेदवार तय गर्ने मापदण्ड तय गरिएको पुनले जानकारी दिए।

स्थानीय तहको निर्वाचनमा अन्य पार्टीहरुसँग गठबन्धन गर्ने वा नगर्ने सम्बन्धमा सम्बन्धित स्थानीय तहको आवश्यकता र परिस्थितिअनुसार अघि बढ्ने निर्णय भएकोसमेत उनले बताए।

कांग्रेसले लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहमा न्यायोचित रुपमा उम्मेदवार तयार गरेर स्थानीय तहको चुनावमा भिड्ने जनाएको छ। बुटवल, तुलसीपुर, घोराही र नेपालगञ्ज उपमहानगरमा समेत यो पटक कांग्रेसले जित्ने सभापति पुनको दावी छ।

उनका अनुसार चैत २० अगावै कांग्रेसले स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाउने छ। विगतमा केन्द्रबाट उम्मेदवार तय गर्दा त्यसले नतिजामा प्रभाव पारेकाले यो पटक निर्वाचन क्षेत्र, गाउँ–नगर, जिल्ला र प्रदेशले उम्मेदवार तय गरेपछि केन्द्रले निर्णय गर्ने उनको भनाइ छ।

रुपन्देहीमा १ महिने अभियान

रूपन्देहीमा जेठ ३१ गतेसxम्म थपियो निषेधाज्ञानेपाली कांग्रेस रुपन्देहीले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने अभियान सुरु गर्ने भएको छ। अभियानअन्तर्गत फागुन २९ गतेदेखि १ महिनासम्म रुपन्देहीमा अभियान सञ्चालन हुनेछ।

रुपन्देही जिल्लाको लागि केन्द्रीय प्रतिनिधिको रुपमा केन्द्रीय समिति सदस्य, पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणा आउने कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए। जनताको कुरा सुन्न कांग्रेस घर(घरमा जाने र समस्या सुन्ने उनले बताए।

फाल्गुन २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्