१४ वर्षपछि रोनाल्डोले गरे युनाइटेडका लागि ह्याट्रिक

क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले जित दर्ता गरेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई ३–२ ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले ह्याट्रिक गरेका हुन् । उनले १२, ३८ र ८१ औँ मिनेटमा गोल गरेका हुन् । १४ वर्षपछि म्यानचेस्टर युनाइटेडका लागि रोनाल्डोले ह्याट्रिक गरेका हुन् ।

टोटनह्यामका लागि ३५ ओँ मिनेटमा ह्यारी केनले गोल गरे । यस्तै युनाइटेडका ह्यारी मागुइरीले ७२ औँ मिनेटमा आत्मघाती गोल गरेका हुन् । जितपछि २९ खेलबाट ५० अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

शनिबार राति नै भएको खेलमा लिभरपुलले ब्राइटन तथा ब्रेन्टफोर्डले बर्नलीलाई समान २–० ले पराजित गरेका छन् ।

फाल्गुन २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्