नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शमशेर राणा ।

नेपालगञ्ज– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले अब मेयर नलड्ने उद्घोष गरेका छन्।

पार्टीले आयोजना गरेको आम सभामा मेयर डा. राणाले दुई पटक मेयर भइसकेकाले अब संघमा जाने बताए ।

‘२०५४ र २०७४ सालमा मेयर भएँ। यहाँका सबै बाटो, नाली, तालतलैया संरक्षण भइसके, मेयर डा. राणाले भने, मेयर हुँदा नेपालगञ्जको धेरै काम गरिसके । अब संघमा गएर देशको विकास गर्छु,’ उनले भने।

मेयर राणाले आफूले चुनावमा पैसा नदिने र जितेपछि पैसा लिएर काम नगर्ने बताए । उनले जनतालाई पापको पैसा नलिन र पैसा बाँड्ने दललाई भोट पनि नदिन आग्रह गरे । मेयर राणाले नेपालगञ्जको त्रिभुवनचोकमा राजाको शालिक पुनः ठड्याएको र त्यसलाई भत्काएमा नगरमा रहेका अरु नेताहरुको शालिक बाँकी नरहने चेतावनी दिए ।

फाल्गुन २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्