ट्वीस्ट ल्याउन ‘पुष्पा’ काे सिक्वेलमा स्क्रिप्ट परिवर्तनको तयारी

अल्लु अर्जुन र रश्मिका मन्दानाको सुपरहिट फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि निर्माताहरु यसको सिक्वेलको तयारीमा जुटेका छन्। फिल्मका निर्माताहरु स्क्रिप्टमा केही परिवर्तन गर्ने तयारी गरिरहेका छन्।

उनीहरुले उत्तर भारतीय दर्शकमा आफ्नो प्रभाव बढी पार्न स्क्रिप्ट परिवर्तनको तयारीमा लागेका हुन्।

समाचारअनुसार निर्देशक सुकुमार पहिला ‘पुष्पा’ दुई भागमा बनाउने योजनामा थिए। तर पछि ‘पुष्पाः द राइज’ र ‘पुष्पाः द रुल’को रुपमा प्रस्तुत गर्न स्क्रिप्टमा कैयौं परिवर्तन गरियाे।

अहिले उनले ‘पुष्पाः द रुल’का लागि स्क्रिप्टमा केही परिवर्तन गरिरहेका छन्। दर्शकमाझ आफ्नो प्रभाव छोड्न सिक्वेलको कथामा केही ट्वीस्ट ल्याउँदैछन्।

अल्लु, सुकुमार र उनको टिमले ‘पुष्पा २’ को सुटिङ सुरु गर्न तयारी थालेका छन्। फिल्मको दोस्रो भागमा अल्लूलाई एक झगडालु व्यक्तिको रुपमा प्रस्तुत गरिने बताइएकाे छ।

फाल्गुन ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्