जसपा बैठक : अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमा छलफल

फाइल तस्बिर

काठमाडौँ – जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ।

कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सुरु भएको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने नेता मनिष सुमनले जानकारी दिए।

छलफलप्रश्चात सहमति भए सोमबारकै बैठकमा दुवै प्रस्ताव पारित गर्ने जसपाले जनाएको छ।

यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ।

त्यस्तै शनिबारको बैठकमा संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदन पास भएको थियो ।

फाल्गुन ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्