अर्घाखाँची सिमेन्ट अब ५३ ग्रेडमा

काठमाडौँ – अर्घाखाँची सिमेन्ट लिमिटेडद्वारा उत्पादित अर्घाखाँची ओपीसी सिमेन्टले नेपाल सरकारको ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ।

नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ५३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो।

आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्वारा औपचारिक रुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री वितरणलाई सधैँ प्राथमिकतामा राख्ने जनाएको छ।

‘यसै वर्षको भाद्र महिनामा ४३ ग्रेडको मान्यता प्राप्त गरेको हाम्रो उत्पादनलाई ५३ ग्रेडको प्रमाणीकरण पनि मिलेको छ। जसले आम उपभोक्ताहरुलाई अर्घाखाँची सिमेन्टको उत्पादन प्रयोग गर्न निश्चिन्त बनाएको छ’, कम्पनीका महाप्रबन्धक उद्धव कार्कीले भने।

गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले यस वर्षदेखि एनएस–५७२ को अवधारणासहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो।

क्लिंकर, ओपीसी र पीपीसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट कम्पनीमध्येको एक हो।
गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै कम्पनीले आइपीओमा जाने तयारी सुरु गरेको छ।

चैत ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्