फोनवार्ता गर्दै अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी

वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी हुने भएको छ।

युक्रेन र रूसबीच भएको द्वन्द्वका विषयमा उनीहरूले कुराकानी गर्न लागेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ।

राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी वक्तव्यमा उनीहरूले रूस–युक्रेन मामिलाबाहेक अन्य विषयमा पनि छलफल गर्ने उल्लेख छ।

अमेरिका—चीन सम्बन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी हुने अपेक्षा गरिएको ह्वाइट हाउसले जनाएको छ। –रासस/एएनआई

चैत ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्