फ्ल्यागशिप क्यामेरासहित नेपाली बजारमा आउँदै रियलमी ९ प्रो–प्लस ५जी

काठमाडौँ – रियलमीले आफ्नो युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रोे–प्लस ५जी नेपाली बजारमा छिटै सार्वजनिक गर्दैछ। उत्कृष्टताका साथ तयार गरिएको रियलमी ९ प्रोे–प्लस ५जीमा मध्य–दायरा खण्डमा फ्ल्यागशिप क्यामेरा र शक्तिशाली ५जीे प्रोसेसर रहेको छ। यसमा रङ परिवर्तन इफेक्ट भएको सुन्दर लाइट सिफ्ट डिजाइन रहेको छ।

आफ्नो नम्बर सिरिजमा रियलमीले फेरि पनि विश्वभरका प्रयोगकर्ताहरुका लागि उत्कृष्ट अनुभव प्रदान गर्न मध्यदेखि उच्च खण्डमा थप विस्तार गरिरहेको छ। रियलमी ९ प्रो–प्लस ५जीे दुई आकर्षक रङ्गहरुमा आउने कम्पनीले जनाएको छ। मिडनाइट ब्ल्याक र अरोरा ग्रीनसहित दुई भेरियन्टमा उपलब्ध हुनेछ।

रियलमी ९ प्रो–प्लस+ ५जीमा फ्ल्यागशिप ट्रिपल क्यामेरा सेटअप रहेको छ। जसमा ५० एमपी प्रमुख क्यामेरा, ८ एमपी सुपर वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा रहेका छन्। आफ्नो खण्डमा सोनी आईएमएक्स ७६६ सेन्सर हुने यो पहिलो स्मार्टफोन भएको कम्पनीले दावी गरेको छ।

हाई डाइनामिक रेन्जको सेन्सरले भिन्न एक्स्पोजर लेभलसहित सुन्दर तस्विरहरु खिच्न मद्दत गर्दछ। कम उज्यालोमा पनि रियलमी ९ प्रोे–प्लस ५जीको १६ एमपी फ्रन्ट क्यामेराले क्लियर फ्युजन एल्गोरिदमको मद्दतले आकर्षक सेल्फीहरु खिच्न मद्दत गर्ने र तस्विरमा सबै व्यक्तिहरु सुन्दर देखिने कम्पनीको दावी रहेको छ।

मेडियाटेक डिमेन्सिटी ९२०५जी प्रोसेसरका साथ अत्याधुनिक टीएसएमसी ६ एनएम प्रडक्सन प्रोसेस उपयोग गर्ने रियलमी ९ प्रो–प्लस ५जी विश्वकै पहिलो स्मार्टफोनमध्ये एक भएको कम्पनीले जनाएको छ। ४५०० एमएएच ब्याट्री भएको रियलमी ९ प्रो–प्लस ५जी स्मार्टफोनलाई ६० वाट सुपरडार्ट चार्ज सपोर्टको मद्दतले १५ मिनेटमै ५० प्रतिशत चार्ज गर्न सकिन्छ र १०० प्रतिशत चार्ज गर्न मात्र ४४ मिनेट भए पुग्छ।

रियलमी ९प्रो–प्लस ५जीमा ९० हर्ज रिफ्रेस रेट र ३६० हर्ज टच नमुना दरको साथ ६.४ इन्च सुपर अमोल्ड डिस्प्ले समावेश छ। जसले प्रत्येक स्वाइपको साथ सहज अनुभव दिन्छ। ९०.८ प्रतिशतको स्क्रिन–टु–बडी अनुपात र १००० निट क्षमताका साथ यो फोनले उत्कृष्ट दृश्यको अनुभव दिने दावी गरिएको छ।

यो स्मार्टफोन भारतको पहिलो ईन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर र हार्ट रेट डिटेक्सन भएको स्मार्टफोन हो। अन्डर स्क्रिन फिङ्गर प्रिन्ट सेन्सरहरुको नयाँ प्रविधिले प्रक्रियालाई अझ छिटो बनाउँछ र स्मार्टफोनको दु्रत अनलक सुनिश्चित गर्दछ। यो फोनमा भएको हार्ट रेट डिटेक्सनले प्रयोगकर्ताहरुलाई हृदय गति पत्ता लगाउने र रेकर्डिङ सेवाहरु प्रदान गर्दछ।

रियलमी ९ प्रोे–प्लस ५जीे को रियर प्यानलमा इण्डस्ट्री –लिडिङ लाइट सिफ्ट डिजाइन जडान गरिएको छ। सामान्य सूर्यको किरण वा अल्ट्रा भायोलेट प्रकाश पर्दा फोनको पछाडिको भाग ३ सेकेण्डमा नीलोबाट रातोमा पूर्ण रुपमा परिवर्तन हुनेछ। सूर्यको किरण नपर्दा यो २ देखि ५ मिनेटमा आफ्नो वास्तविक रङ्गमा फर्किनेछ। यो स्मार्टफोन एण्ड्रोइड १२ मा आधारित पहिलो स्मार्टफोन हुनेछ।

रियलमीले फोनको मेमोरीको कमीलाई ध्यान दिँदै डीआरई प्रविधिको विकास गरेको छ। जसले र्‍यामलाई बढाउन रोमलाई भर्चुअल र्‍याममा परिणत गराउँछ। रियलमी ९ प्रो–प्लस ५जीमार्फत अतिरिक्त ठाउँ प्राप्त गर्न स्मार्टफोनको मुख्य र्‍याममा ५ जीबीसम्म डाइनामिक र्‍याम थप्न सकिन्छ।

चैत ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्