नवआदर्श माविलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौँ – ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत काठमाडौँ बसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि आवश्यक पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामग्रीहरु हस्तान्तरण गरेको छ।

विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका काठमाडौँ क्षेत्रीय प्रमुख दिलीपराज बरालले स्कुलका विद्यार्थीहरुलाई सो सामग्रीहरु हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ विभाग प्रमुख बसन्त दाहाल र न्युरोड शाखा प्रबन्धक जीतबहादुर गुरुङ र नवआदर्श माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुराज श्रेष्ठ, सह-प्रध्यानाध्यापकद्वय बैकुण्ठ पौडेल र कृष्णप्रसाद दवाडीलगायत शिक्षकशिक्षिकाहरुको उपस्थिति रहेको थियो।

नवआदर्श माध्यमिक विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब ३०० जना विद्यार्थीहरुलाई न्यूनतम शुल्कमा अध्यापन गराइरहेको छ। बैंकले विद्यालयका विद्यार्थीहरुको आधारभूत आवश्यकता पूरा गरी गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने हेतुले सो सहयोग गरेको जनाएको छ।

बैंकले हाल ११४ शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आएको छ।

चैत ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्