पहाडी क्षेत्रमा आंशिक बदली र केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ – पहाडी क्षेत्रमा आंशिक बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव अहिले देशमा रहेको छ। हाल पहाडी भूभागमा आंशिक बदली र अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अरु क्षेत्रमा आंशिक बदली रहने छ।

पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य क्षेत्रमा सामान्यतया मौसम सफा रहने छ। पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यसैबीच देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

चैत ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्