तेह्रथुममा १७ वर्षीया किशोरी बलात्कृत, एक आरोपित पक्राउ

सांकेतिक तस्बिर

तेह्रथुम – तेह्रथुममा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्। बलात्कार आरोपमा इटहरी उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय सन्तोष कटुवाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

कटुवालले ती किशोरीलाई बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चैत ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्