फोटो फिचर

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध अखिल क्रान्तिकारीद्वारा निगमको कार्यालय घेराउ तथा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ तथा विरोध प्रदर्शन भएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आइतबार दिउँसो प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले मूल्य वृद्धिविरुद्ध नाराबाजी गर्नुका साथै टेकुमा रहेको नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।

पछिल्लो पटक वृद्धि भएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५५ र डिजेल तथा मट्टिटेल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ ।