काठमाडौँ– आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ। उक्त आह्वानअनुसार काठमाडौँ उपत्यकामा आइतबारदेखि दरखास्त बुझ्ने कार्य भइरहेको छ।

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा आइतबार एकैदिन भर्नाको लागि दरखास्त लिने काम धमाधम भइरहेको छ। एक लाख जना म्यादी प्रहरीको लागि नेपाल प्रहरीले दरखास्त आह्वान गरेको छ। जसमा युवाहरुको आकर्षण देखिएको छ।

चैत ११ गतेसम्म आवेदन दिने समय रहे पनि आइतबार पहिलो दिन नै काठमाडौँको टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौँ कार्यालयका आवेदन दिनेहरुको लर्को नै लागेको छ। दरखास्त दिन युवा–विद्यार्थीहरुसँगै युवतीहरुको पनि बाक्लो उपस्थिति देखिएको छ। टेकु परिसरको बाहिरसम्म लामो लाइन लागेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँ टेकु पुगेकी देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले कैद गरेका तस्बिहरु-